थुलुङ दुधकोशी:तीनवटा वडाका लागि विस्तार भयो बैकिङ सेवा,आजै वडा कार्यालयको पनि उदघाट्न

केदार बस्नेत।सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले बैकिङ सेवालाई विस्तार गरेको छ।९ वटा वडा रहेको यस पालिकामा पहिलो स्थानीय सरकार गठन हुँदा पालिकाको केन्द्र ६ मुक्ली र १ नेलेमा लक्ष्मी बैंकको शाखा विस्तार भैसकेको थियो ।

जनताको आवश्यकतालाई मध्यनजर गर्दै सेवामा दिनरात सरकार तल्लीन रहने गाउँपालिका अध्यक्ष असिम राईले बताउदै आउनु भएको थियो।राई स्थानीय सरकार प्रमुखमा दोस्रोपटक दोहोरिएपछि पालिकाको ७,८ देउसाका नागरिकलाई सहजताका लागि केहि हप्ताअघी ७ नं वडा देउसा ३ पञ्चन र २ काँगेलमा उक्त बैंकको शाखा विस्तार गर्न सफल हुनुभएको थियो।यो सँगै पालिकाका सबै वडाहरु बैंकको प्रत्यक्ष पहुँचमा पुग्न सफल भएका छन् ।

कोशीपारीको तीनवटा वडा जुवु ४,५ र लोखिम ९ का नागरिकको गुनासो सम्बोधन भएको छ।गाउँपालिका अध्यक्ष राईले जुवुको सुकेपोखरीमा लक्ष्मी बैंकको शाखारहित बैंकिङ सेवाको उदघाट्न गर्दै भन्नुभएको छ,`सामाजिक सुरक्षा भत्ता लगायत अन्य बैंकिङ सेवा सहज रुपमा जनताको घर दैलोमा पुर्याउने उदेश्य पूरा भयो सबैलाई बधाई,´कार्यक्रममा उपाध्यक्ष सविता राई लगाएत अन्य वडाका वडाअध्यक्षहरु एवं सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो ।आज नवनिर्मित वडा नं ५ को वडा कार्यालय अध्यक्ष असिम राईले उदघाट्न गर्नुभएको छ यस्तै राईले स्वास्थ्य ईकाईको निर्मित भवन समेत उदघाट्न गर्नुभएको छ। वडाको कार्य आफ्नै भवनबाट सुरु हुने वडाअध्यक्ष चन्द्रबहादुर राईले बताउनुभयो।तस्वीरहरु